झम्सिखेलमा एथर इलेक्ट्रिक स्कुटरको शोरूम (एक्सपेरियन्स सेन्टर) संचालनमा, डिलर बिस्तारमा आक्रामक बन्दै एथर

३ महिना अगाडि

काठमाडौं- वैद्य एनर्जीले एथर इलेक्ट्रिक स्कुटरको नयाँ शोरूमलाई झम्सिखेलमा आजबाट उद्घाटन गरेको छ। एथर स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता वैद्यज इनर्जीले ललितपुरको झम्सिखेलमा दोश्रो शोरूम संचालनमा ल्याएको हो ।

बिक्रीपछिको सेवालाई केन्द्रमा राख्दै एथरले तिनकुने पहिलो सर्भिस सेन्टर पनि गत साताबाट संचालनमा ल्याएको छ ।

झम्सिखेलको शोरूम लगत्तै फाल्गुन भित्र पोखरामा पनि एथर इलेक्ट्रिक स्कुटरको शोरूम (एक्सपेरियन्स सेन्टर) संचालनमा आउनेछ भने ४ महिना भित्र चितवन, बुटवल र इटहरीमा पनि संचालनमा आउनेछ ।

चाँडै काठमाडौं उपत्यकाका विभिन्न १० स्थानमा फास्ट चार्जर राख्ने तयारी भइरहेको छ भने काठमाडौं बाहिर (पोखरा, चितवन, बुटवल र इटहरी) शोरूम संचालनसंगै उक्त स्थानहरुमा ४ बटा फास्ट चार्जर राखिनेछ ।

एथरको सफल मोडल '४५० एक्स' दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध छ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहेको छ । एथर '४५० एक्स' अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो। यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् ।

भारतीय बजारमा छोटो समयमै चर्चित बनेको एथर नेपालमा पनि ग्राहकको रोजाइमा पर्न थालेको छ ।

३ महिना अगाडि

प्रतिक्रिया