लगानी गर्ने हैन ? आज दुई लघुवित्त संस्थाको आईपिओ खुल्दै छ

४ बर्ष अगाडि

काठमाडौँ – आज शुक्रबार दुई लघुवित्त संस्थाको आइपिओ निश्कासन हुने भएको छ । 
जसमा जनसेवी लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आइपिओ निश्कासन हुँने भएको हो । साधारण सेयर जारी गर्न दुबै कम्पनीले  आह्वानपत्र समेत प्रकाशन  गरीसकेका छन् ।

जनसेवी लद्युवित्त वित्तीय संस्था
जनसेवी लघुवित्तले १०० रुपैयाँलाई आधार मानेर कुल ४ करोड ६३ लाख ३० हजार रुपैयाँको चार लाख ६३ हजार ३ सय कित्ता आइपीओ विक्री गर्ने भएको हो । जसमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिनेछ । तर लघुवित्तको १० कित्ता सेयर नै गोलाप्रथाबाट बाँडफाँड हुने भएकाले आईपिओमा एक हजारको आवेदन नै प्रयाप्त हुने देखिन्छ । यस संस्थाको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले गर्ने भएको छ ।

लघुवित्तले निष्काशन गर्न लागेको कुल आइपीओ मध्ये २३ हजार एक सय ६५ कित्ता सामुहिक लगानीकोषहरुका लागि र सात हजार एक सय ४५ कित्ता कर्मचारीकालागि छुट्टाएको छ भने बाँकी ४ लाख ३२ हजार नौं सय ९० कित्ता सेयर सर्वसाधारणमा निष्काशन हुने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । आईपिओ जारी पश्चात लघुवित्तको चुक्ता पूँजी १४ करोड ४३ लाख ३० हजार पुग्नेछ ।

स्वाभिमान लघुवित्त वित्तीय संस्था
स्वाभिमान लघुवित्त वित्तीय संस्थाले पनि वैशाख २७ गते देखि नैे एक लाख ९८ हजार छ सय १० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । लगानीकर्ताले उक्त आईपिओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्ने व्यवस्था छ ।

संस्थाको कूल निष्काशित आईपिओ मध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र नौं हजार नौं सय ३० कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्टाएको छ भने बाँकी एक लाख ८५ हजार पाँच सय ८७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । स्वाभिमानको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने भएको छ ।

हाल ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आईपिओ निष्काशन पश्चात ६ करोड १८ लाख रुपैयाँ पुग्नेछ । लघुवित्तहरुको आईपिओ खरिद गर्न इच्छुक लगानीकर्ताले मेरो सेयर तथा लगानीको खाता रहेको सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट  वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन्।

४ बर्ष अगाडि

प्रतिक्रिया