विद्यासँग माधवको के लिनु दिनु रहेछ ?

१ हप्ता अगाडि

काठमाडौं – आज नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुरा भएको छ । यसै अवसरमा नेकपा (एमाले) ले गोदावरीमा हीरक महोत्सवको आयोजना गर्यो । उक्त समारोहमा एमालेले बोलाएका प्रमुख नेताहरु प्राय सबै उपस्थित भए  तर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उक्त समारोहमा सहभागी भएनन् ।   

एमालेले हीरक महोत्सवमा प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विशेष वक्ताको रूपमा निम्ताएको छ । अन्य दलका शीर्ष नेताहरूलाई अतिथिका रूपमा बोलाएको थियो।


गोदावरीस्थित सनराइज हलमा आयोजित कार्यक्रममा एमालेले पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’बाट सम्मानित गर्ने कार्यक्रम थियो ।  । पूर्वप्रधानमन्त्रीका हैसियतमा नेता नेपाल र झलनाथ खनाललाई निम्ता गरिएको थियो । तर, कार्यक्रममा अध्यक्ष नेपाल भने गएनन् ।

माधव नेपाल किन गएनन् भन्ने बारेमा उनको सचिवालयले अर्को कार्यक्रमममा जानुपर्ने भएकोले आउन नपाएको बताए पनि कारण अर्कै रहेको थाहा हुन आएको छ । स्रोतका अनुसार, जसले गणतन्त्रमा दुईदुई पटक संसद विघटन गर्न सहयोग गर्यो उसैलाई सम्मान गर्ने कार्यक्रममा जान उचित नभएको भन्दै अध्यक्ष नेपालले नजाने निर्णय गरेका हुन् । सत्ता साझेदार दलकै कार्यक्रम भएकाले खनाल भने सहभागी हुने उनको निजी सचिवालयले जनाएको थियो ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया