भोलि सार्वजनिक बिदा

१ हप्ता अगाडि

काठमाडौँ- सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमणमा आउने भएपछि सार्वननिक बिदा दिने निर्णय गरेको हो ।

सरकार प्रवक्ता रेखा शर्माले अमिर शेखको नेपाल भ्रमणका कारण सार्वननिक बिदा दिन लागिएको बताइन् । शेख दुई दिने नेपाल भ्रमणमा आउँदैछन् । विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

१ हप्ता अगाडि

प्रतिक्रिया