देशभर गर्मी अत्यधिक बढ्यो

२ हप्ता अगाडि

काठमाडौँ - आइतबार भैरहवाको अधिकतम तापक्रम ४३.६ डिग्री पुग्दा अन्य शहरमा पनि अत्यधिक गर्मी महसुस भएको छ ।

आज काठमाडौंको अधिकतम तापक्रम ३२.१, नेपालगन्जको ४०.६, सिमराको ४०.३, धनगढीको ३९.८ तथा जनकपुरको अधिकतम तापक्रम ३९.३ डिग्री सेल्सियम मापन भएको छ । ताप्लेजुङ, ओखलढुंगा, जुम्ला लगायत उच्च पहाडी जिल्लामा पनि तापक्रम २५ डिग्रीको आसपास रहेको छ । पोखराको अधिकतम तापक्रम ३३.२ डिग्री सेल्सियस रहेको छ ।

आज पूर्वी ताप्लेजुङमा ६.६ मिलिमिटर वर्षाको सम्भावना रहेको छ भने देशका बाकिँ स्थानमा वर्षाको न्यून सम्भावना रहेको छ । लामो समयदेखि पानी नपरेको तथा आकाश धुम्मिएको अवस्थामा रहँदा जमिनले हिट ट्र्याप गर्दा वातावरण थप सुख्खा भएको हो । खडेरीका कारण देशका थुप्रै स्थानमा डढेलो समेत लागेको छ भने धुवाँ धुलो उडेर भिजिबिलिटी न्यून भएको छ । भिजिबिलिटीका कारण देशका कतिपय स्थानमा उडानसमेत प्रभावित भएका छन् ।


 

२ हप्ता अगाडि

प्रतिक्रिया