पुडासैनीले झुण्डिएर आत्माहत्या गरेको पुष्टी,पोष्ट मार्टम रिपोर्ट सार्वजनिक

४ बर्ष अगाडि

पत्रकार शालिकराम पुडासैनीको पोष्टमार्टम रिपोर्टले उनको झुन्डिएकै कारण मृत्यु भएको जनाएको छ । मंगलबार पोष्टमार्टम रिपोर्ट बारे जानकारी दिदै उनको झुण्डिएकै कारणले मृत्यु भएको जनाएको हो । पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।

‘पोस्टमार्टम रिपोर्ट आएको छ । मंगलबार सम्पूर्ण रिपोर्ट लिएर म्याद थपका लागि अदालतमा पेस गर्छौँ । रिपोर्टमा हामीले पहिले जे आशंका गरेका थियौँ, त्यही नै भएको उल्लेख छ – मल्लले जानकारी दिए । यस्तै भिडियोमा भएको आवाज पनि उनकै रहेको मल्लले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया