काठमाडौँ महानगरको कार्यपालिका बैठक शुक्रबार बस्दै

विहीबार, २६ असार २०८२, १४ : ४९

 काठमाडौँ - मुलुकको राजधानीमा अवस्थित काठमाडौं महानगर पालिकाको कार्यपालिका बैठक आन्तरिक विवादका कारण ६ महिनादेखि अवरुद्ध भएको थियो । मेयर बालेन्द्र शाह तथा अन्य जनप्रतिनिधिबीचका विवादले कार्यपालिका बैठक हुन सकिरहेको थिएन । दुवै पक्ष बजेट ल्याउनुपर्ने दवावमा भएकोले शुक्रबार दिउँसो २ बजे बैठक बोलाइएको छ ।  महानगरका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँले उक्त जानकारी दिएका हुन्। 

बजगाईँका अनुसार बिहान ११ बजे राजस्व परामर्श समितिको बैठक बस्नेछ भने त्यसपछि दिउँसो २ बजे कार्यपालिका बैठक बस्नेछ।  

मेयर शाहले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको उपस्थिति नहुनेगरि मात्रै बैठक बोलाउने अडान लिएका थिए। 

विहीबार, २६ असार २०८२, १४ : ४९

प्रतिक्रिया