झापा पुगेर प्रचण्डले मागे एकल पार्टी नेतृत्व

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र आफ्नो नेतृत्व स्वीकार गर्न माग गरेका छन् । 

अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा उनले नेतृत्वका लागि विश्वास गर्न कार्यकर्तासमक्ष आग्रहसमेत गरे । 

सविधानसभा सदस्य गौरीशंकर खड्काको स्मृतिमा गठित प्रतिस्ठानको साधारणसभालाई सम्बोधन गर्दै उनले कार्यकारी अधिकारसहितको पार्टी अध्यक्ष हुने संकेत समेत गरेका छन् । 

पूर्वएमालेनिकट कार्यकर्तालाई लक्षित गर्दै मदन भण्डारी आफ्नो सहकर्मी रनजनितिज्ञ भएको र विगतमा पूर्वएमालेका शीर्ष नेतृत्वलाई आफैँले प्रस्ताव गरेर प्रधानमन्त्री बनाएको स्मरण गर्दै उनले नेतृत्वका लागि आफूमाथि विश्वास गर्न आग्रह गरेका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया