आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्यो सुझाव

शनिबार, २९ बैशाख २०८१, ०७ : १६

काठमाडाैँ- नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरुसँग सुझाव मागेको छ । बोर्डले शुक्रबार सूचना प्रकाशित गर्दै धितोपत्र बजार तथा वस्तु विनियमावली बजार सम्बन्धी आगामी आर्थिक वर्ष २०८१(८२ को नीति तथा कार्यक्रमका लागि राय तथा सल्लाह–सुझाव माग गरेको हो । 

बोर्डले हरेक वर्ष नीति तथा कार्यक्रम तयार गर्दा सरोकारवाला पक्षहरुसँग राय तथा सल्लाह–सुझाव लिँदै आएको छ । सबै सरोकारवालाहरुलाई बजारको विकास तथा सुधारका लागि रचनात्मक राय सल्लाह सुझाव जेठ १५ गतेसम्ममा इमेलमार्फत पेश गर्न बोर्डले आग्रह गरेको छ ।


 

शनिबार, २९ बैशाख २०८१, ०७ : १६

प्रतिक्रिया