त्रिभुवन विमानस्थलमा जहाज अवतरणमा समस्या, कतार एयरको जहाज तीन घण्टादेखि आकाशमै

असोज २, २०७६ | आजको अर्थ
ajaako_artha

 नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि जहाज अवतरणको लागि समस्या परेको छ । 

उपकरण बिग्रेको भन्दै त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा रहेका जहाजहरुलाई आकाशमा होल्ड गराएर राखिएको छ । सो क्रममा कतारको राजधानी दोहाबाट काठमाडौं आएको कतार एयरको जहाजले २९ फन्को मार्दा समेत अवतरण गर्न सकेको छैन ।

एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने उपकरण बिग्रदा थाईल्याण्ड, भुटान, कतार र साउदीअरेबियाबाट आएका जहाजहरु अवतरण गर्न पाएका छैनन् । अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजहरु अवतरण गर्न नपाउँदा जहाज कम्पनीले प्रतिघण्टा १० लाख रुपैयाभन्दा बढि क्षति व्यहोर्नुपर्छ ।

जहाजहरु तीन घण्टादेखि अवतरण गर्न सकेका छैनन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जहाजहरु अवतरणको क्रममा रहेको बताए । क्षेत्रीले विमानस्थलमा के समस्या आएको भनेर बताउन चाहेनन् । यद्यपि एयर ट्राफिक कन्ट्रोलरका अनुसार दुरी मापन गर्ने सम्बन्धी स्याटेलाईटबाट चल्ने उपकरण भिएचएफमा समस्या आएको छ । सो समस्या आउँदा जहाजको मनिटरिङ गर्न सकिदैन ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८