दूरसञ्चार प्राधिकरणले किन दियो शहरी क्षेत्रको तार हटाउने चेतावनी

४ बर्ष अगाडि

काठमाडौं – इन्टरनेट तथा केबवल सेवा प्रदायकले अनाधिकृत रुपमा शहरी क्षेत्रमा तार टागेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले आपत्ति जनाएको छ । अनाधिकृत रुपमा टागिएका त्यस्ता तार हटाउने समेत प्राधिकरणले चेतावनी दिएको छ ।

इन्टरनेट सेवा प्रदायक, केवल अपरेटर तथा अन्य संघ संस्थाले टेलिफोन तथा बिजुलीको  खम्बमा अव्यवस्थित रुपले शहरको सुन्दरतामा नै असर पर्ने गरी तार झुण्ड्याउने तथा सडक क्रस गराउने लगायतको कार्य गरेकाले शहरको सुन्दरतामा नै ह्रास आएको प्राधिकरणको भनाइ छ ।

त्यस्ता तारले आगलागीका घटना समेत भएको प्राधिकरणको दावी छ । गम्भीर दुर्घटना समेत भएको तर तार राख्ने निकायले त्यसप्रति कुने जिम्मेवारी नै नलिएको भन्दै प्राधिकरणले त्यस्ता तार तत्काल व्यवस्थित गर्न अन्यथा, त्यस्ता तार हटाइदिने बताएको छ । शहरलाई सुन्दर राख्न तथा आम नागरिकलाई सुरक्षित एव्म व्यवस्थित रुपमा सेवा जडान गराउन यसरी अव्यवस्थित रुपमा सेवा जडान गराउनेलाई कारवाहीको दायरामा ल्याउने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले त्यस्ता तार दशै अगावै हटाउन समेत आग्रह गरेको छ । सो अवधि भित्र तार व्यवस्थित नगरे वा नहटाएमा त्यस्ता सेवा प्रदायकको तार हटाइने प्राधिकरणले जनाएको छ । सो कार्यबाट पर्न जाने असुविधा प्रति सम्बिन्धत पक्ष नै जिम्मेवार हुने समेत प्राधिकरणको भनाइ छ । अटेर गरे वा तोकिएको समयमा तार नहटाएको खण्डमा कानून बमोजिम कारवाही हुने समेत प्राधिकरणको भनाइ छ । प्राधिकरणले आज एक सूचना मार्फत त्यस्ता तार तत्काल हटाई शहरी सुन्दरता कायम गर्न समेत आग्रह गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया