राइजिङ हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै, संस्थागत परामर्शदातामा मुक्तिनाथ क्यापिटल

सोमबार, १६ असार २०८२, १६ : ३८

काठमाडौं- राइजिङ हाइड्रोपावर प्रालिले आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । यसको तयारीसँगै संस्थागत परामर्शदाताका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

सम्झौतापत्रमा राइजिङ हाइड्रोपावरका अध्यक्ष शंकरबहादुर घिमिरे र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार मुक्तिनाथ क्यापिटलले कम्पनीको पूँजी संरचना पुनर्संरचना, प्रबन्धपत्रको उद्देश्यअनुसार सहजीकरण तथा सेयर निष्कासनसँग सम्बन्धित अन्य संस्थागत परामर्श सेवा प्रदान गर्नेछ ।

राइजिङ हाइड्रोपावर कम्पनी नेपालको जलविद्युत क्षेत्रमा दिगो विकास र स्वदेशी स्रोतको प्रयोगमार्फत ऊर्जा उत्पादन गर्दै आएको छ । 

 
सोमबार, १६ असार २०८२, १६ : ३८

प्रतिक्रिया