हरिशंकर मन्दिरको पुर्ननिर्माण सम्पन्न

४ बर्ष अगाडि

पाटन दरबार क्षेत्रस्थित हरिशंकर मन्दिरको पुर्ननिर्माण सम्पन्न भएको छ । पाटन दरबार परिसरमा रहेको तीन तले हरिशंकर मन्दिर २०७२ सालको भुकम्पकबाट क्षतिग्रस्त बनेको थियो ।

पुर्ननिर्माण सम्पन्न भएसगै बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सो मन्दिरको उद्घाटन गरे ।

मन्दिरमा पुजाआजा गरि सबैका लागि मन्दिर क्षेत्र खुल्ला गरिएको छ । यो मन्दिर राजा योग नरेन्द्र मल्लकी छोरीले १७ औ“ शताब्दीमा निर्माण गर्न लगाएको इतिहासकारले उल्लेख गरेका छन् ।

कार्यक्रममा काठमाडौ“ उपत्यका संरक्षण कोषका निर्देशक रोहित रञ्जितकारले मन्दिर क्षेत्र सर्वसाधारणको लागि खुलाइएको जानकारी दिए ।

‘मन्दिर पुर्ननिर्माणका क्रममा अधिकांश पुरानै सामग्रीको प्रयोग भएको छ’, उनले भने । कोषले भुकम्प लगत्तै निर्माण सुरू गरेको जनाएको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, शताब्दी पुरूष सत्यमोहन जोशी लगायतको सहभागिता रहेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया