झापामा स्वीमिङ गर्दा गर्दौ झगडा

५ बर्ष अगाडि

झापाको स्थित होटल वन्डरल्याण्डमा स्वीमिङ गर्न गएका दुई पक्षवीच झगडा हुँदा सात जना घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था भने गम्भिर छ । 
इलाका प्रहरी कार्यालय दमकका अनुसार शनिवार राति ९ः३० वजेतिर स्वीमिङ पुलमा पुगेका ग्राहक र सञ्चालक पक्षवीच झगडा हुँदा ७ जना घाईते भएका हुन् । ग्राहकले अराजक गतिबिधि गरेपछि सञ्चालक पक्षसँग झगडा भएको थियो । यसरी घाईते हुनेहरुमा दमक –२ का सुमन श्रेष्ठ, दमक–८ का नवराज गिरी, दमक–४ का पुष्कर पाण्डे, दमक–९ का भेषराज कुवँर, दमक–८ का सन्दिप तामाङ र दमक–९ का प्रदिप गौतम घाईते भएको इप्रका दमकले जनाएको छ । घाइते मध्ये श्रेष्ठ र गौतमलाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको जनाईएको छ ।  होटलका सञ्चालक र यहाँ कार्यरत कर्मचारीहरुलाइ प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको बताईएको छ । पौडी खेल्ने बिषयको बिबादमा होटलमा झगडा भएको बताईएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएका छन् । उनले दोषीमाथि कार्वाही हुने जनाए । यसैवीच आक्रमणमा संलग्न भएको अभियोगमा प्रहरीले स्वीमिङ पुलका सञ्चालकसहित १२ जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएकोछ । प्रहरीको नियन्त्रणमा रहेका सबैलाई आइतबार नै जिल्ला अदालत झापामा म्याद थप गरिएको छ । पक्राउ पर्नेहरुमा स्वीमिङ पुल सञ्चालक मोरङ,उर्लाबारी –७ का ४५ बर्षीय विदुर लामा, सोही वडाका ३७ बर्षीय नगेन्द्र कोइराला, उर्लाबारी–५ का १८ बर्षीय सचिन श्रेष्ठ, उर्लाबारी–४ का १९ बर्षीय कौशल श्रेष्ठ, दमक–४ का १६ बर्षीय रोनिश स्याङ्वो, सोही वडाका २३ बर्षीय जीवन कार्की, १९ बर्षीय निकेश श्रेष्ठ, विक्रम प्रधान, दमक–२ का २० बर्षीय रोशन नेपाल, दमक–४ कै १६ बर्षीय शान्त तामाङ, दमक–१ का २५ बर्षीय सुजन पौडेल र दमक–६ का ३५ बर्षीय पंकज अग्रवाल रहेका छन् । त्यस्तै, आइतबार दिउँसो नै सोही घटनालाई लिएर युवाहरुको एक समूहले स्वीमिङ पुल बन्द गराएका छन् । स्वीमिङ पुल सञ्चालकहरु मिलेर मनपरी ढंगले सर्वसाधारणहरुमाथि आक्रमण गरेको भन्दै उनीहरुले स्वीमङ पुलको प्रवेशद्धारमा तालावन्दी गरेका हुन् । यस्तै, अराजक समूहले होटल सञ्चालक फिरोज बस्नेतको उर्लाबारी–७ स्थित घर तोडफोड गरेका छन् । घरका सीसा फुटेका छन् । उक्त घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया