अमेरिका पठाइदिने प्रलोभनमा ठगी गर्ने पक्राउ

१ हप्ता अगाडि

काठमाडौँ  - वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने प्रलोभनमा १ करोड १८ लाख ५९ हजार रुपैयाँ ठगी गरेको आरोपमा कैलालीको गौरीगंगाका तेजराम चौधरी पक्राउ परेका छन् । 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरको झम्सिखेलमा नियन्त्रणमा लिएको हो । चौधरीले रामबहादुर रावलसहित ४ जनालाई भारत हुँदै ब्राजिल लग्ने र त्यहाँ केही समय काम गरेपछि अमेरिका लैजाने आश्वासन दिएर लाखौं रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।​​ पीडितहरूलाई ब्राजिलको वर्किङ भिसा लगाएर श्रम स्वीकृति निकाले फिलिपिन्स पुर्‍याएको दाबी गरिएको छ । तर फिलिपिन्सको अध्यागमनले नक्कली कागजात भनेर उनीहरूलाई फिर्ता पठाएको थियो । ​​​

पीडितमध्ये रावलबाट २८ लाख ५९ हजार, श्रीधर केसीबाट २७ लाख, टीका खड्काबाट २३ लाख र रामबहादुर वलीबाट ४७ लाख गरी १ करोड १८ लाख ५९ हजार ठगी गरेको बताइएको छ । पीडितहरूलाई दिल्ली हुँदै महिपालपुर होटलमा २ महिना राखिएको थियो । अनुसन्धान कार्यालयका प्रवक्ता एसपीका अनुसार नेपाल फर्किएर अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा चौधरीलाई पक्राउ गरिएको हो । जाहेरीमा पीडितहरूलाई दिल्लीमा बन्धक बनाइएको उल्लेख छ ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया