१३औं सागः पदक जित्नेमा नेपाल उच्च स्थानमा, अहिलेसम्म कुन देशले कति पदक पाए ?

४ बर्ष अगाडि

काठमाडौँ – दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले उत्कष्ट प्रदर्शन गरेको छ । नेपालले २० स्वर्ण, ४ रजत र ९ कास्यसहित ३३ पदक प्राप्त गरेको छ । 

यसैगरी भारतले ३ स्वर्णसहित ८ रजत र ३ कास्य गरी १४ पदक प्राप्त गरेको छ । 

यस्तै श्रीलंकाले ३ स्वर्ण, ७ रतज र १४ कास्य गरी २४ पदक हासिल गरेको छ  भने पाकिस्तानले २ स्वर्ण, ४ रजत र ७ कास्यसहित १३ पदक प्राप्त गरेको छ । 

यसैगरी बंगलादेशले २ स्वर्ण र १६ कास्यसहित १८ पदक जित्दा भुटानले एक कास्य पदक जितेको छ । 

यता माल्दिभ्स भने हालसम्म पदकबिहीन बनेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया