महिलाको पाठेघरमा १२ दिनपछि कुहिएका प्याड कपडा फेला

५ बर्ष अगाडि

" अाम्दा अस्पताल बुटवलको लाहापर्वाहीका कारण सुत्केरी भएको १२ दिन पछि एक महिलाको पाठेघरमा कुहिएका प्याड कपडा फेला, त्यस्ता चिकित्सक तथा स्वास्थ्यकर्मी माथी  कार्वाही गर्न महिलाको अाफन्तको माग"                                                         
बिष्णु कुमार आले साउन ३०,अर्घाखाँची । यहि साउन १७ गते आम्दा अस्पताल बुटवलमा प्रसुती गराएकी एक महिलाको पाठेघरमा १२ दिन पछि पाठेघरमा कुहिएका प्याड कपडा फेला परेको छ ।  अर्घाखाँचीको सितगंगा ३ ठाडादह माईतिघर र सितगंगा २ घोरबन्दा निवासी प्रबत गुरूङको २३ बर्षिय श्रीमती ममता गुरूङको पाठेघरमा कुहिएका प्याड कपडा फेला परेको हो । प्रसुती गराएकै दिनदेखी निरन्तर पेट दुख्ने र दुरगन्ध फैलीन थालेपछि सुत्केरी महिलाको श्रीमान र माईती पक्षले स्थानिय ठाडा प्राथमिक स्वास्थ्य केन्द्रबाट अवकास प्राप्त नर्स पुर्णकला रानालाई सुत्केरी महिलालाई देखाएपछी महिलाको पाठेघरबाट कुहिएर सडेको प्याड कपडा झिकिएको हो ।  महिला निरन्तर सुत्केरी बेथाले च्यापेपछी यहि साउन १७ गते राती बुटवल ७ रूपन्देहीमा रहेको आम्दा अस्पतालको प्रसुती कक्षमा भरणा भएकी थिईन् । नर्मलरूपमा ३७ सय ग्राम तौल भएको नवजात शिशुको जन्म भएपनि  अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीको गम्भिर लाहापर्वाहीका कारण प्रसुती गराउदा पाठेघरमा प्याड नै छोडेपछी महिलाको ज्यान उच्च जोखिममा परेको छ । नर्मल सुत्केरी भएको भन्दै सुत्केरीलाई भेट्न खोज्दा स्वास्थ्य कर्मीले भेटन नदिएको र अर्को दिन साउन १८ गते पुस्न सुत्केरी महिलाको स्वास्थ्य परिक्षण नगरि अस्पताल बाट डिस्चार्ज गरिएको सुत्केरी महिलाको आमा लक्ष्मी दर्लामीले बताईन् । मानिसको स्वास्थ्य प्रति खेलवाड गरि गैर जिम्मेवारी पुर्ण काम गर्ने चिकित्सक तथा स्वास्थ्य कर्मीमाथी छानबिन गरि कार्बाही गर्नु पर्ने महिलाका श्रीमान प्रबत गुरूङले बताए । महिलाले सुत्केरी भएको १३ दिन सम्म अन्न पानी केहि खाएको छैन , बोमिट भैरहेको छ , महिलाको पाठेघरमा नकरात्मक असर परि भोलि क्यान्सर जस्ता रोग देखा पर्न गएमा ,महिलाको स्वास्थ्यमा गम्भिर असर परेको भन्दै महिलाको ज्यान सिकिस्त बन्दै गएमा अस्पतालले पुर्ण रूपमा जवाफ दिनु पर्ने महिलाका आफन्तले चेतावनी दिएका छन् । अस्पतालमा महिलाले पहिलो पटक नवजात शिशुको जन्म दिएकी हुन् ।  महिलाको पाठेघरबाट कुहिएका प्याड कपडा फेला परेपछी किन यस्तो गरिएको भनि आम्दा अस्पताल पुगेर सोधपुछ गर्दा छोडिन सक्छ जस्ता गैर जिम्मेवार जवाफ अस्पतालले दिएको सुत्केरी महिलाका आफन्तले बताएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया