स्मार्टकार्ड छाप्ने प्रिन्टर बिग्रियो, फेरि कागजकै लाइसेन्स दिने तयारी

भदौ ४, २०७५ | आजको अर्थ
ajaako_artha

यातायात व्यवस्था विभागका अधिकांश स्मार्ट कार्ड प्रिन्टर बिग्रिएका छन्।

विभागमा भएको ९ वटा प्रिन्टरमध्ये एउटा पहिलेदेखि नै बिग्रिएको थियो भने बाँकी ४ वटाले पनि काम गर्न छोडेका छन्।

कुनै पनि प्रिन्टरको आयु एक लाख कार्ड छाप्नसक्ने मात्र भएकाले पछिल्लो समय अधिकांश प्रिन्टरमा समस्या उत्पन्न भएको विभागका कम्प्युटर इन्जिनियर सन्तोष पोख्रेलले  बताए।

‘पुराना प्रिन्टरमा समस्या आएको हो, यसलाई बनाए पनि फेरि बिग्रने सम्भावना उच्च हुन्छ’, उनले से भने।

त्यस्तै गत असारको पहिलो साता ल्याएको चार वटा प्रिन्टरले अझै राम्रोसँग काम गर्न सकेका छैनन्। विभागले तय गरेको मापदण्ड अनुसार प्रिन्टरले काम नगरेकाले प्रिन्टरको भुक्तानीसमेत गरिएको छैन।

चिप इन्कोडिङ ९चिपमा विवरण भर्ने० र लेजर इन्ग्रेभिङ ९कार्डमा विवरण लेख्ने० लगायतको काम अटोमेटिक हुनुपर्नेमा मेसिनले कार्ड सपोर्ट नगर्दा म्यान्अल्ली गर्नू परेको पोख्रेलले जानकारी दिए।


मेसिन आयातकर्ता कम्पनी मद्रास प्रिन्ट्सले २ महिनादेखि विदेशबाट मेकानिक बोलाएर बनाउन लगाए पनि प्रिन्टर बन्न सकेको छैन। अहिले दैनिक ४ हजार लाइसेन्सको माग छ भने छपाई मुस्किलले ३ हजार मात्र छ। त्यस्तै ५ लाख चालक ट्रायल कटाएर लाइसेन्सको पर्खाइमा छन्।

अबको विकल्प के?

विभागले यो आर्थिक वर्षमा मास प्रिन्टर ल्याउने तयारी गरेको छ। ठेक्का प्रकृयामा गएर मेसिन आइपुग्न धेरै समय लाग्छ।

५ लाख ब्याकलक हटाउन विभागसँग २ वटा विकल्प रहेको पोख्रेलले बताए। एउटा अस्थायी कागजी लाइसेन्स दिने र अर्को आउट सोर्सिङ अर्थात प्राइभेट कम्पनीलाई छाप्न दिने।

‘५ लाख चालक चिटको भरमा सवारी चलाउँदा ट्राफिक प्रहरीले पनि कठिनाई भोग्नु परेको छ’ उनले भने, ‘मास प्रिन्टर नआउन्जेल अस्थायी कागजी लाइसेन्स दिएर केही समयलाई यो समस्या सुल्झाउन सकिन्छ।’

त्यस्तै कुनै प्राइभेट कम्पनीलाई लाइसेन्स छाप्ने जिम्मा दिए पनि समस्या सुल्झाउन सकिने पोख्रेलले बताए।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८