गैंडाको इलाकादेखि बुद्धको इलाकासम्म भाेली कार र्‍याली

४ बर्ष अगाडि

गैंडाका लागि प्रशिद्ध चितवनदेखि बुद्धजन्मस्थल लुम्बिनीसम्म कारर्‍याली हुने भएको छ । 

भरतपुर महानगरपालिकाले भ्रमण बर्षलाई लक्षित गरी आफ्नो क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचार प्रसार गर्न कार र्‍याली आयोजना गरको हो । 

‘भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बध कायम गरिएकोले अनुभव आदानप्रदान र पर्यटन प्रवद्र्धनका लागि लागि कार र्‍यालीको आयोजना गरेका हौं,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भरतपुरकी मेयर रेणु दाहालले भनिन् ‘यसले पर्यटकिय विकासमा थप टेवा पुर्याउनेछ ।’ 

करिब १ सय ५० कारमा हुने र्‍यालीमा भरतपुरका जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, सरकारी कार्यालय तथा  संघसंस्थाका प्रतिनिधी र उद्योगी व्यवसायी एवं  पत्रकारको सहभागिता रहने उनले बताइन्। 

सबै कारमा पर्यटन प्रवद्र्धन गर्ने स्टीकर, झण्डा र फ्लेक्स राखिने छ । 

विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुन्ज तथा नारायणी र राप्ती नदिले घेरिएको भरतपुर महानगरपालिकामा २९ मुख्य पर्यटकीय गन्तव्यहरु पहिचान भएका छन् । 

प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाले भरिपूर्ण भरतपुरमा मेघौली, पटिहानी, बिसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वर ब्लक, नारायणी नदि बीच तथा चौकी डाँडा महानगरका प्रमुख ७ पर्यटकिय केन्द्र हुन् । 

संघिय सरकारको १ सय गन्तव्यहरुमा बिसहजारी ताल, पटिहानी तथा बाग्मती प्रदेशको उत्कृष्ट १० पर्यटकीय गन्तव्य भित्र मेघौली सूचिकृत भएको छ ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० अन्तर्गत भरतपुर महानगरपालिकाले पर्यटन प्रवद्र्धन गर्न ३२ कृयाकलापको घोषणा गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया