सांसदहरूकाे संख्या नपुगेपछि रोकियो बाफिया, २ सय १८ जना अनुपस्थित

४ बर्ष अगाडि

प्रतिनिधिसभा बैठकमा एकचौथाई सदस्य पनि उपस्थित नभएपछि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (पहिलो संसोधन) विधेयकमा निर्णयार्थ पेश नभई स्थगीत भएको छ । 

प्रतिनिधिसभामा एकचौथाई  (६९ जना) उपस्थित नभएपछि आज अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको बाफीया पहिलो संसोधनमा निर्णयार्थ पेश नभइ स्थगीत भएको हो । 

संविधानको धारा ९४ अनुसार कुनैपनि विधेयकमा छलफल हुन संसदको एक चौथाई सदस्य उपस्थित हुनुपर्ने भएपनि आज जम्मा ५८ जना मात्रै उपस्थित थिए । 

प्रतिनिधि सभाकाका २७५ सांसद मध्ये २१८ जना आजको बैठकमा अनुपस्थित रहेको संसद सचिवालयले जनाएको छ ।  

विधेयक पेश गर्दै अर्थमन्त्री डा. खतिवडाले जनताको लगानी सुरक्षित गर्न बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संसोधन गर्न आवस्यक रहेको बताए । 

उनले बैंक तथा वित्तीय संस्थासँग ३५ खर्ब रुपैयाँ निक्षेपमध्ये ९० प्रतिशत जनताको रहेकोले त्यसको संरक्षणका लागि ऐन संसोधनको जरुरी रहेको बताए ।  

बैंकर र व्यवसायी छुट्याउन, बैंकरको योग्यता र उमेर तोक्न पनि ऐन संसोधन गर्नुपर्ने उनको भनाई छ । 

फागुन १४ गते बस्ने बैठकमा उक्त प्रस्तावमाथी छलफल हुन सक्ने जनाइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया