गण्डकी प्रदेशका स्थानीय तहले ६ करोड ५० लाख रुपैयाँ  पाउने

४ बर्ष अगाडि

कोरोना भाइरस रोकथामकालागि  गण्डकी प्रदेशका स्थानीय तहले ६ करोड ५० लाख रुपैयाँ  पाउने भएका छन् । 

प्रदेश सरकारले गण्डकीका ८५ स्थानीय तहलाई कोरोना भाइरस रोकथामकालागि सो रकम दिएको जनाएको छ । 

प्रदेश मन्त्रीपरिषदको आज बसेको बैठकले  पोखरा महानगरपालिकालाई एक करोड रुपैयाँ, २६ नगरपालिकालाई प्रति नगरपालिका १० लाखका दरले दुई करोड ६० लाख रुपैयाँ र ५८ गाउँपालिकालाई ५ लाखका दरले दुई करोड ९० लाख रुपैयाँ दिइने सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

यो रकम प्रदेश सांसदको सहभागितामा सरकारले गठन गरेको राहत तथा आपूर्ति समितिले वितरण गर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया