तित्याङ–भकुण्डे सडक कालोपत्र गरिँदै

२ हप्ता अगाडि

काठमाडौँ - बागलुङ नगरपालिकाभित्रको तित्याङ हुँदै भकुण्डे पुग्ने सडक कालोपत्र हुने भएको छ । नगरपालिकाभित्रका सडक कालोपत्रमा जोडिने क्रमले निरन्तरता पाइरहेको अवस्थामा बागलुङ बजारको अदालत चौपारीदेखि गौँडाकोट, तित्याङ हुँदै भकुण्डे पुग्ने सडक स्तरोन्नतिसँगै कालोपत्रका लागि निर्माण व्यवसाय फिल्डमा आएको छ । 

विसं २०६० मा जनताले चन्दा उठाएर खोलिएको सडक कालोपत्रका लागि निर्माण व्यवसायी छनोट भएर काममा आएपछि स्थानीय पक्की सडकमा गुड्न पाउने भन्दै आशावादी भएका छन् । विस २०८० चैत १६ गते दुई वर्षमा स्तरोन्नतिसहित कालोपत्र सम्पन्न गर्ने गरी विडारी निर्माण सेवासँग सम्झौता भइसकेको छ । १५ किलोमिटर सडक निर्माणका लागि रु ३१ करोड ९६ लाख ३५ हजारमा उक्त सडक कालोपत्र गर्न निर्माण व्यवसायी काममा आइसकेको  छ । 

२ हप्ता अगाडि

प्रतिक्रिया