कान्तिपथ भोलिदेखि दैनिक तीन घण्टा खुल्ने

१ हप्ता अगाडि

काठमाडौँ - कान्ति लोकपथ  बैशाख १६ बाट दैनिक तीन घण्टा खुल्ने भएको छ। कान्ति लोकपथ सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले सडक आइतबारदेखि बिहान ९ बजेदेखि १२ बजेसम्म दैनिक तीन घण्टा खुल्ने जानकारी दिए।

ललितपुरतर्फको काल्चे खण्डमा सडक चौडा र स्तरोन्नति गर्ने काम अझै नसकिएकाले लोकपथ पूर्णरुपमा सञ्चालनमा ल्याउन नसकिएको उनले बताए। ‘मर्मतका लागि गएको चैत १ गतेदेखि ४५ दिनका लागि बन्द गरिएको सडकमा काम पूरा नभएकाले अब दैनिक तीन घण्टामात्र खुलाउने निर्णय भएको छ। काम सम्पन्न गर्न अझै केहि समय लाग्ने भएकाले १५ जेठसम्म सडक तीन घण्टामात्रै खुल्ला हुन्छ,’ उनले भने। 

इन्जिनियर महर्जनका अनुसार ललितपुरको काल्चे खण्डको १।५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा सडकमाथिका कडा चट्टान कटिङ गर्ने काम भइरहेको छ। सडक चौडा गरेसँगै सडक स्तरोन्नतिको काम समेत गरिने भएकाले अझै समय लाग्ने देखिएको उनले बताए। बिहीबार बसेको सरोकारवालहरुको बैठकले सडकखण्डमा बिहान ६ बजेदेखि ९ बजेसम्म र मध्याह्न १२ बजेदेखि अपराह्न ६ बजेसम्म दुई सिफ्टमा काम गर्ने निर्णय गरेको इन्जिनियर महर्जनले जानकारी दिए। 
 

१ हप्ता अगाडि

प्रतिक्रिया