बैंकहरुमा करिब ३७ खर्ब निक्षेप, कुन क्षेत्रबाट कति ?

३ बर्ष अगाडि

काठमाडौं – पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुमा निक्षेपको मात्रा उच्च मात्रामा बढ्दै गएको छ । राष्ट्र बैंकको एक तथ्यांकअनुसार चालु आर्थिक बर्षको बैशाखसम्ममा बैंक तथा वित्तिय संस्थाहरुको निक्षेप संकलन १० दशमलव १० प्रतिशतले बढेको छ । 
बैशाख मसान्तसम्म बैंकहरूले रु. ३६ खर्ब ९३ अर्ब ९३ करोड निक्षेप संकलन गरेको छन्, जुन गत आवको सोही अवधीको भन्दा ५ खर्ब ३४ अर्ब रुपैयाँ बढी हो । गत आवको बैशाखसम्म रु. ३१ खर्ब ५८ अर्ब ९८ करोड निक्षेप संकलन भएको थियो । 
अघिल्ला महिनाहरुमा निक्षेपको बृद्धिदर न्यून थियो । तर, अहिले भने बृद्धिदर बढेको तथ्यांकले देखाउछ । 
बैंक तथा वित्तिय संस्थाहरुका विभिन्न खाताहरुमध्ये सबैभन्दा बढी निक्षेप व्यक्तिगत खातामा रहेको छ । व्यक्तिगत खाताको निक्षेप खातामा रु. २० खर्ब ३३ अर्ब ८२ करोड रकम जम्मा भएको छ । सबैभन्दा कम निक्षेप भने स्थानिय सरकारको खातामा रहेको छ । उक्त खातामा ६० अर्ब ८० करोड रुपैयाँ निक्षेप रहेको छ ।
यस्तै, विदेशी मुद्रामा रु. १ खर्ब ८ अर्ब १ करोड भन्दा बढी रकम जम्मा भएको छ । साथै, सञ्चय कोष, बीमा कम्पनीहरु, नागरिक लगानी कोष जस्ता गैर–बैंकिङ संस्थाहरुले रु. ६ खर्ब १६ अर्ब २५ करोड रुपैयाँ निक्षेप स्वरुप बैंकहरुमा जम्मा गरेका छन् । त्यसमा बीमा कम्पनीहरुले मात्र २ खर्ब २९ अर्ब १७ करोड रुपैयाँ जम्मा गरेका छन् । 
यस्तै, सरकारी कम्पनीहरुले रु. ३ खर्ब २७ अर्ब ३९ करोड निक्षेप संकलन गरेको तथ्यांकमा उल्लेख छ । यस्तै, गैर–सरकारी कम्पनीहरुले २ खर्ब ७५ अर्ब ६८ रुपैयाँ निक्षेप राखेका छन् । यसैगरि गैर नाफा मुलुक संस्थाहरु मार्फत रु. १ खर्ब २२ अर्ब १९ करोड, अन्तर बैंक निक्षेप मार्फत रु. १ खर्ब १ अर्ब ४१ करोड र विविध माध्यमबाट रु. ६३ अर्ब २६ करोड निक्षेप संकलन भएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया