पञ्चकन्या स्टिलको ५५० एक्सडी र ५०० एक्सडी नयाँ फलामे छड सार्वजनिक

असार ८, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं– पञ्चकन्या स्टिलले नयाँ रिब्ड डिजाइन भएको ५०० एक्स्।डी। र ५५० एक्स्।डी। नयाँ फलामे छड सार्वजनिक गरेको छ । छडको प्रति युनिटको लम्बाईमा त्यसको पारदर्शीता स्पष्ट देखिने भएकाले यसलाई अझ बढी सुदृढ र बलियो बनाएको कम्पनीको दावी छ ।


यसले कंक्रिटमा पनि सजिलै पकड गर्ने क्षमता राख्दछ । पञ्चकन्या ५०० एक्स्।डी। जुनसुकै विकासका पूर्वाधारका कामहरु र ५५० एक्स्।डी। का छडहरु ठुलाठुला आयोजना तथा अग्लाअग्ला निर्माणका लागि हुने दृढता साथ पैसाको पनि बचत हुने कम्पनीले बताएको छ ।


उच्च लचकता भएका रिबारहरु ८ मी.मी.र ४० मी.मी. साईजमा उपलब्ध गराउन सकिनेछ ।  एक्स्.डी. ग्रेडका उच्च गुणस्तर भएका बारहरुमा कम्पनीले कुनै पनि मूल्य वृद्घि गरेको छैन र ५०० डी ग्रेड पुरानै मुल्य अनुसार नै उपलब्ध गराइने जानकारी पञ्चकन्याले दिएको छ ।


पञ्चकन्या प्राईम स्टिलमा शुद्घ रासायनिक तत्व सल्फर, फोस्फरस तथा न्यून कार्बनको प्र्रयोग भएको छ । जसले गर्दा यसमा उच्च लचकता, लम्बाईको आकारमा पनि एकरुपता र आकर्षक रिवारले युक्त मानिन्छ । यसको शक्तिमा एकरुपता तथा बारहरुलाई धेरै भन्दा धेरै तन्काउन सकिने क्षमता र ठुलो भुकम्पमा पनि क्षति नपुग्ने गरी लामो आयु भएको दाबी कम्पनीको छ ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८