औद्योगिक क्षेत्रमा पानी पस्यो, २०० बिघा धान खेत डुबानमा

असार १६, २०७७ | आजको अर्थ
ajaako_artha

चार पाँच दिनदेखि परेको अविरल  वर्षाका कारण सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पानी पसेको  छ । पानीको निकास हुन नसकेका कारण औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुमा पानी पस्दा लाखौँको क्षति भएकोे  औद्योगिक क्षेत्रले जनाएको  छ  ।

सरकारी उपेक्षाको मार खेप्दै आएको औद्योगिक क्षेत्रका केही उद्योगमा पानीसमेत पसेको जनाइएको छ । औद्योगिक क्षेत्रभित्र मिलन डेरी उद्योग, महालक्ष्मी पेन्ट इन्ड्रष्ट्रिज, कान्तिपुर प्लाष्टिक उद्योग र कोशी पोलिमर्स उद्योगलगायत सञ्चालमा छन् । औद्योगिक क्षेत्रको पूर्व र दक्षिण छेउमा पानीको बहाव थुनिएर पानी निकास नभएका कारण औद्योगिक क्षेत्र जलमग्न भएको स्थानीयवासीको भनाइ छ  । 

अविरल वर्षाले सप्तरीको दक्षिणी भेगकाको २०० बिघामा लगाइएको धान खेत डुबानमा परेको छ । तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतीश सिंहले लगातारको वर्षासँगै खाँडो खोलाको बाढी पस्दा सकरपुरा, कोइलाडी, लौनिया, कोबसाईन र तिलाठीका गरी करिब २०० बिघा जग्गामा लगाइएको धानखेती डुबानमा परेको बताए । सप्तरीमा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेको छ । सोमध्ये ५९ हजार २५७ हेक्टर जग्गामा धानखेती हुँदै आएको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८