मलेसियाको नीजि कम्पनीसँगको सम्झौता तत्काल कार्यान्वयन नहुने

३ महिना अगाडि

काठमाडौँ - मलेसियाको एक कम्पनीसँग वैदेशिक रोजगार बोर्डले गरेको सम्झौता कार्यान्वयन नहुने भएको छ । प्रति नेपाली कामदार ४५ अमेरिकी डलर उठाउन पाउने गरी भएको सम्झौता तत्काल कार्यान्वयन नहुने भएको हो ।

 बोर्डले मलेसियाको निजी कम्पनी ‘फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर’ सँग नेपाली श्रमिकलाई अनलाइनमार्फत नियमन गर्नेगरी सम्झौता गरेको थियो ।  उक्त सम्झौता पुस १६ (जनवरी १)देखि कार्यान्वयनमा आउने गरी ५ वर्षका लागि गरिएको थियो ।मलेसियामा रहेका नेपाली श्रमिकहरूको राहत, उद्धार लगायतका कल्याणकारी कार्य गर्ने भन्दै सम्झौता गरिएको थियो । तर, उक्त सम्झौतामा चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीले समेत तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका थिए ।

 सोही आधारमा यो विषयमा सरोकारवालासँग थप छलफल गरेर मात्र टुंगोमा पुग्ने भन्दै तत्काल कार्यान्वयन नहुने बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बताए । प्रधानमन्त्रीले उक्त सम्झौता कार्यान्वयन नगर्न भन्दै पुस २५ गते नै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएका थिए ।

३ महिना अगाडि

प्रतिक्रिया