गण्डकीमा अन्य क्लष्टरमा कांग्रेसका श्रेष्ठ विजयी

विहीबार, ११ माघ २०८०, १७ : ००

काठमाडौँ - राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनबाट उनले ३ हजार ८ सय ८ मतभार पाएर विजयी भएका हुन् । श्रेष्ठलाई स्थानीय तहतर्फ १ सय र प्रदेशसभा तर्फ ३६ जनाले मत दिएका थिए । 

 विपक्षी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६९ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । अन्य कोटामा गठबन्धनको स्थानीय तहतर्फ १ जनाले मत क्रस गरेका छन् ।

विहीबार, ११ माघ २०८०, १७ : ००

प्रतिक्रिया