लुम्बिनीमा माओवादीका सुवेदी र कांग्रेसका सापकोटा विजयी

विहीबार, ११ माघ २०८०, १७ : १०

काठमाडौँ -लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्। 

 नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसाकुमारी केसीले उम्मेदवारी दिएका थिए भने राप्रपाबाट विजयालक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए । औपचारिक घोणणा हुन बाँकी रहेको छ।

विहीबार, ११ माघ २०८०, १७ : १०

प्रतिक्रिया