कर्णालीमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी

विहीबार, ११ माघ २०८०, १७ : ५६

काठमाडौँ - कर्णालीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्।  सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन् । 

 गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक उम्मेदवार छन्।

 मत परिणाम भने सार्वजनिक हुन बाँकी रहेको रावलले बताए ।

विहीबार, ११ माघ २०८०, १७ : ५६

प्रतिक्रिया