पर्यटन व्यवसायी तथा समाजसेवी थापा सम्मानित

३ महिना अगाडि

काठमाडौँ - काभ्रेको पनौती नगरपालिका वडा नं ४ चामखरस्थित डायमण्ड हिल रिसोर्टका सञ्चालनक राजन थापालाई नेपाल पर्यटक गाइड संघले सम्मान गरेको छ ।बिहीबार राजधानीमा भएको संघको ३० औं वार्षिक साधारणसभामा पर्यटन क्षेत्रमा डायमण्ड हिल रिसोर्ट र पर्यटन व्यवसायी तथा समाजसेवी थापाले गरेको योग्दानको कदर कर्दै संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिव डा. दिपक काफ्लेले थापालाई सम्मान गर्नुभएको हो । 
 
 नेपालमा पर्यटन क्षेत्रलाई विकास गर्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै पर्यटन क्षेत्रको विकास नभई अन्य क्षेत्रको विकास सम्भव नहुने बताउनुभयो । थापाले आफूलाई संघले गरेको सम्मानले पर्यटन क्षेत्रमा थप जिम्मेवारी बढेको र काम गर्ने हौसला मिलेको बताउनु भयो ।संघको वार्षिक साधारण सभा कार्यक्रममा पर्यटन क्षेत्रमा सहयोग गर्ने विभिन्न क्षेत्रका सहयोगिहरुलाई पनि सम्मान गरिएको थियो ।

३ महिना अगाडि

प्रतिक्रिया