तीनवटा पर्यटक प्रहरी पोस्ट थप्न पर्यटन विभागको प्रस्ताव

२ महिना अगाडि

काठमाडौँ - पर्यटन विभागले तीनवटा पर्यटक प्रहरी पोस्ट थप्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रस्ताव गरेको छ ।  विभागले कर्णाली प्रदेशको सुर्खेत, सुदूर पश्चिम प्रदेशको कञ्चनपुर र कोशी प्रदेशको विराटनगरमा पर्यटक प्रहरी पोस्ट थप्ने प्रस्ताव गरेको हो ।

 २०३५ माघ १२ गते स्थापना भएको पर्यटक प्रहरी अन्तर्गत हाल १५ जिल्लाका २९ स्थानमा पोस्ट छन् । त्यसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै १० स्थानमा पोस्ट छन् । कूल २९ स्थानमध्ये कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्यटक प्रहरी पोस्ट छैनन् । २९ वटा पोस्टमा डिएसपीको कमान्डमा २ सय ३९ जना पर्यटक प्रहरीहरू कार्यरत छन् । विभागले अहिले एक सय ९७  जना दरबन्दी थप गर्नुपर्ने प्रस्ताव मन्त्रालयमा गरेको छ ।

 यो आर्थिक वर्षमा हालसम्म पर्यटक प्रहरी पोस्टमा कूल २ सय १६ वटा उजुरी दर्ता भएका छन् । त्यसमध्ये एकसय ४६ वटा उजुरीको फर्छ्यौट भइसकेको जानकारी विभागका प्रमुख चक्र बहादुर बुढाले दिए । उनका अनुसार पर्यटकहरू खासगरी नेपाल प्रवेश गरेलगत्तै आर्थिक अभावका कारण पर्यटकहरू अलपत्र पर्ने गरेको मुख्य समस्या छ । लामो समय अभाव झेल्दा केही पर्यटकमा मानसिक समस्या समेत देखिन थालेको विभागले जनाएको छ । 

२ महिना अगाडि

प्रतिक्रिया