संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्तो बैठकको कार्यसूची

बुधबार, २४ माघ २०८०, ०८ : ३६

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्ने समय तय भएको छ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने छ। 

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

सोही विधेयकलाई पारित गरियोस् भनेर पनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जानकारी दिएको छ। साथै आजको बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने पनि कार्यसूची रहेको छ।

 ८० वर्षीय बुढाथोकीको उपचारको क्रममा सोमवार निधन भएको हो।त्यस्तै, अहिले बिहान ११ः०१ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा नियमावली मस्यौदामाथि सामान्य छलफल, संशोधनका लागि ७२ घण्टाको सूचना, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८० अध्यादेश स्वीकृत, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०” सम्बन्धी प्रतिवेदन पेस हुने भएको छ।

बुधबार, २४ माघ २०८०, ०८ : ३६

प्रतिक्रिया