काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा बैठक बस्ने माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन् ।
बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा र छलफल हुने उनले बताए। त्यस्तै समसामयिक राजनीति र फागुन १ देखि सुरु हुने विधान सम्मेलनबारे बैठकमा छलफल हुने साहले जानकारी दिए । केन्द्रीय कमिटीको बैठक भोलि पनि बस्नेछ।
प्रतिक्रिया