कालिन्चोक दर्शनको खुद नाफा ६.४० प्रतिशतले वृद्धि

२ महिना अगाडि

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कालिन्चोक दर्शन लिमिटेडको खुद नाफा ६.४० प्रतिशतले बढेर ६४ लाख ३४ हजार रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ६० लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको तथ्याकंमा उल्लेख छ । आम्दानी बढेसँगै यसको नाफा बढेको हो। त्यस्तै पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटन व्यवसायमा सुधार आउँदा कम्पनीको नाफा बढ्नमा सहयोग पुगेको कम्पनीको भनाई छ।

 एक वर्षको अवधिमा सञ्चालन आम्दानी ३५.३७ प्रतिशतले बढेर ३ करोड ३० लख ८३ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ७१.८४ प्रतिशतले बढेर  १ करोड ३७ लाख ३० हजार रुपैयाँ पुगेको छ ।  प्रतिसेयर आम्दानी १ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ८६ पैसा छ । 

२ महिना अगाडि

प्रतिक्रिया