उपकुलपति नियुक्ति प्रक्रिया विषयक छलफल गर्न ११ बजे शिक्षा समितिको बैठक

सोमबार, २९ माघ २०८०, ०९ : ०४

काठमाडौँ । आज सोमबारका दिन दुई वटा संसदीय समितिको बैठक बस्ने मिति तय भएको छ। जसअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्दैछ ।

उक्त बैंठकले उपकुलपति नियुक्ति प्रक्रियालगायत विषयमा शिक्षा,विज्ञान तथा प्रविधि  मन्त्रालयसँग छलफल गर्ने जनाएको छ।  उपकुलपति नियुक्तिबारे भइरहेको कामप्रति उठिरहेको सरोकारबारे छलफल गर्न राईलाई बोलाइएको समेत समितिले जानकारी दिएको छ । 

मन्त्री नेतृत्वको सर्च कमिटीले उपकुलपतिका लागि निवेदन आह्वान गरेपछि ४३ जनाको आवेदन परेको थियो। तीमध्येबाट १४ जनाको सर्टलिस्ट सार्वजनिक भइसकेको छ। सर्ट लिष्ट आएपछि त्रिवि उपकुलपति नियुक्तिमा झन् राजनीतिकरण हुन थालेको छ ।

आजको बैठकमा अन्य विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रकरणबारे पनि छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।

सोमबार, २९ माघ २०८०, ०९ : ०४

प्रतिक्रिया