काठमाडौं–आइतबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । काठमाडौंको भृकुटीमण्डमा सुरू भएको बैठक आज बिहान ११ बजेदेखि सुरू हुनेछ ।
बैठकमा पार्टीले केही समयअघि चलाएको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को समीक्षा र भोलिदेखि सुरू हुने विधान सम्मेलनबारे छलफल मुख्य एजेन्डा राखिएको छ ।
आइतबार प्रदेश इन्चार्जहरूले विशेष रूपान्तरण अभियानको रिपोर्ट प्रस्तुत गरेका थिए । साथै, बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल भइरहेको छ । इन्चार्जहरुले पार्टीको जनाधार कमजोर बनेकोले तत्काल पार्टीले नयाँ कार्ययोजना ल्याउनुपर्ने बताएका थिए ।
प्रतिक्रिया