निरन्तर घाटा बेहोर्दै अपर तामाकोशी हाइड्रोपावर : यस्तो छ वित्तीय अवस्था

२ महिना अगाडि

काठमाडौंः अपर तामाकोशी हाइड्रोपावरले चालु आर्थिक दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

सार्वजनिक विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । गत वर्ष ८२ करोड ४८ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनीको यो त्रैमासमा घटेर २५ करोड ७६ लाख रुपैयाँमा आएको छ । 

यता कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी ४ अर्ब ९८ करोड रुपैयाँबाट बढाएर ५ अर्ब ३५ करोड रुपैयाँ पुर्याएको छ। एक वर्षको अवधिमा कम्पनीको कर्मचारी सञ्चालन खर्च भने २० करोड ५३ लाख रुपैयाँबाट बढेर २७ करोड ५१ लाख रुपैयाँ भएको वित्तीय विवरणमा उल्लेख छ । हाल यसको चुक्ता पुँजी १९ अर्ब ४७ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ शीर्षक ७ अर्ब ५७ करोड रुपैयाँ ऋणात्मक देखिएको छ।

पुससम्म हेर्दा कम्पनीको ७२ अर्ब ७७ करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको छ। यस अवधिमा कम्पनीले अन्य स्रोतमार्फत ४ लाख ७ हजार  रुपैयाँ मात्र आम्दानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३२ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ६१ रुपैयाँ ११ पैसा छ । 

upper tamakoshi

२ महिना अगाडि

प्रतिक्रिया