काठमाडौं उपत्यकामै २६ हजार बालबालिका पढाइबाट वञ्चित, बजेट आउछ यति धेरै

६ बर्ष अगाडि

काठमाडौँ, २३ माघ- संविधानले आधारभूत तह (कक्षा ८ सम्म) लाई अनिवार्य र निःशुल्क घोषणा गरेको छ । तर, साढे चार लाख बालबालिका विद्यालयबाहिर छन् । विद्यालय तह अर्थात् कक्षा १२ सम्मका झन्डै १५ लाख बालबालिका विद्यालयबाहिर रहेको शिक्षा विभागले जनाएको छ, नयाँ पत्रिकामा खबर छ  ।

विभागको पछिल्लो तथ्यांक सन् २०१६–१७ को फ्ल्यास १ रिपोर्टअनुसार विद्यालय उमेर समूहका बालबालिकामध्ये ४ लाख ३९ हजार ४१ हजार विद्यालयबाहिर रहेका छन् । जसमध्ये दुई लाख १८ हजार सात सय ७८ छात्रा र दुई लाख २० हजार दुई सय ६३ छात्र छन् । कक्षा १ मा भर्ना हुने उमेरका बालबालिका अझै ३० हजारभन्दा बढी विद्यालयबाहिर छन् । यीमध्ये छात्र १५ हजार एक सय ७४ र छात्रा १५ हजार १ सय ७० छन् ।
काठमाडौं उपत्यकामा मात्रै अनिवार्य शिक्षा लिनुपर्ने उमेर समूहका २६ हजार २ सय ४३ बालबालिका विद्यालयबाहिर छन् । जसमा १७ हजार एक सय ९३ छात्र र नौ हजार ५० छात्रा छन् । सबैभन्दा बढी काठमाडौंमा २० हजार चार सय १५, ललितपुरमा दुई हजार नौ सय ८५ र भक्तपुरमा दुई हजार आठ सय ४३ बालबालिका विद्यालयबाहिर रहेको विभागको तथ्यांक छ । कक्षा १० सम्म अध्ययन गर्ने उमेर समूहका बालबालिकाको संख्या ३३ हजार सात सय ९० रहेको छ ।

बजेट कति ?

-आव ०७४-७५ मा शिक्षामा कुल बजेट : १ खर्ब २६ अर्ब
– विद्यालय तहमा खर्च हुने बजेट : ८६% अर्थात् १ खर्ब ८ करोड
– विद्यालय तहमा कुल विद्यार्थी संख्या (कक्षा १–१२) : ७४ लाख १९ हजार
 -एक विद्यार्थीका नाममा राज्यबाट खर्च हुने रकम : १३ हजार ४८९ रुपैयाँ

६ बर्ष अगाडि

प्रतिक्रिया