प्रतिनिधिसभा बैठक ११ बजे बस्दै , यस्तो छ कार्यसूची

आइतबार, ०६ फागुन २०८०, ०६ : ५९

काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बस्ने मिति तय भएको छ । बैठक  बिहान ११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ । सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूचीमा रहेको छ ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बधी पत्र पढेर सुनाउने कार्यक्रम छ । साथै अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । 

baithak

आइतबार, ०६ फागुन २०८०, ०६ : ५९

प्रतिक्रिया