चिलिमे जलविद्युत कम्पनीको बोनस शेयर हितग्राही खातामा जम्मा

२ महिना अगाडि

काठमाडौँ। चिलिमे जलविद्युत कम्पनीले १० प्रतिशत बोनस शेयर धनीको हित ग्राही खातामा जम्मा गरेको छ ।

 कम्पनीले पुस २० गते सम्पन्न २७औँ वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर दिने निर्णय गरेको थियो । कम्पनीले बुक क्लोज हुँदाका बखत अभौतिक रूपमा शेयर धारण गरेका शेयर धनीको खातामा फागुन ३ गतेदेखि नै बोनस शेयर जम्मा गरिएको कम्पनीले बताएको छ।

साथै, भौतिक रूपमा शेयर धारण नगरेका शेयर धनीलाई पनि शेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ । शेयर अभौतिकीकरण गरेपछि बोनस शेयर स्वतः शेयर धनीको हित ग्राही खातामा जम्मा गरिने कम्पनीले जानकारी जनाएको छ । 

२ महिना अगाडि

प्रतिक्रिया