आज बिहान ११ बजे राष्ट्रिय सभाका नयाँ सदस्यले आज सपथ लिँदै

सोमबार, २१ फागुन २०८०, ०९ : ३४

काठमाडौंः राष्ट्रिय सभाका नयाँ सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्।

 गत माघ ११ गते सम्पन्न निर्वाचनबाट निर्वाचित १९ जना तथा राष्ट्रपतिबाट मनोनीत हुने एक जना गरी २० सदस्यहरूले आज शपथ लिले समय तालिका रहेको छ । शपथ ग्रहण कार्यक्रम बिहान ११ बजे हुँदै छ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित २० सांसदहरूको पद हिजो समाप्त भएसँगै आज नयाँ सांसदहरूले पद तथा गोपनीयताको शपथ लिन लागेका हुन्।

कोशी प्रदेश विजयी काँग्रेसका कृष्ण सिटौला र एमालेकी रुक्मिणी कोइराला, मधेसबाट जसपाकी पूजा चौधरी र काँग्रेसका आनन्द ढुङ्गाना, बागमतीमा काँग्रेसका विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल, गण्डकीबाट माओवादीका मन रूपा शर्मा तथा काँग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिँदै छन्।

त्यस्तै लुम्बिनीबाट काँग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका लक्कुप्रसाद सुवेदी र कर्णालीबाट एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र काँग्रेसका कृष्णबहादुर रोकाय तथा सुदूरपश्चिमबाट काँग्रेसका बलदेव बोहोराले शपथ लिँदै छन्।
 

सोमबार, २१ फागुन २०८०, ०९ : ३४

प्रतिक्रिया