राष्ट्रपतिलाई भेट्न जाँदै प्रचण्ड

सोमबार, २१ फागुन २०८०, १२ : ३८

काठमाडौं -  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो राजनीतिक घटना क्रमका विषयमा जानकारी गराउन राष्ट्रपति भवन शीतल निवास जाँदै हुनुहुन्छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्नका लागि समय लिनु भएको जानकारी राष्ट्रपति कार्यालयबाट प्राप्त भएको छ । सत्ता गठबन्धनसँगको बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का अध्यक्ष के।पी। शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालु्वाटारमा बैठक बसे लगत्तै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न जान लाग्नु भएको हो । यसअघि प्रधानमन्त्रीले नेपाल सरकारका कामहरूबारेमा जानकारी दिन राष्ट्रपतिलाई भेट्ने गर्नु हुन्थ्यो भने यस भेटलाई भने राजनीतिक उतार चढावसँग जोडेर हेरिएको छ ।

सोमबार, २१ फागुन २०८०, १२ : ३८

प्रतिक्रिया