प्रमुख निर्वाचन आयुक्त र United Nations Women बीच मैत्रीपूर्ण भेटघाट

बुधबार, २३ फागुन २०८०, १४ : ०२

काठमाडौँ - बुधबार माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेशकुमार थपलिया र United Nations Women (UNWOMEN) नेपालका Country Representative महामहिम Patricia Fernandez-Pacheco बीच मैत्रीपूर्ण भेटघाट भएको छ ।

सो अवसरमा माननीय प्रमुख आयुक्तज्यूले नेपालको विकासका प्रयासहरुमा UNWOMEN ले गरेका विभिन्न प्रयासहरुको चर्चा गर्दै हाल लैंगिक समावेशिकरणको क्षेत्रमा नेपाल सरकारका विभिन्न निकायहरुसँग UNWOMEN ले गरिरहेको सहकार्यको प्रशंसा गर्नुभएको छ  । निर्वाचन आयोग नेपालका विभिन्न कृयाकलापहरुमा विगतदेखि नै UNWOMEN ले गरेको सहयोगको स्मरण गर्दै माननीय प्रमुख आयुक्तज्यूले निर्वाचन आयोगबाट हाल कार्यान्वयन भइरहेको तेश्रो रणनीतिपत्र र निर्वाचन आयोगको लैंगिक तथा समावेशी नीतिको मूल्याङ्कन एवम् चौथो रणनीतिपत्र तयारीको साथै सोको कार्यान्वयनमा सहकार्य गर्न आव्हान गर्नुभएको छ। सो अवसरमा  UNWOMEN का Country Representative ज्यूले नेपालको लैंगिक तथा समावेशिकरणको सफलता उदाहरणीय रहेको उल्लेख गर्दै राजनीतिक क्षेत्रहरुमा महिलाको गुणस्तरीय सहभागिता वृद्धिको लागि  थप नीतिगत तथा कृयाकलापगत व्यवस्थाहरु गर्न  आवश्यक रहेको बताउनुभएको छ । निर्वाचन आयोगले अवलम्बन गरेको लैंगिक समावेशिकरणका प्रयासहरुमा हरसम्भव सहयोग गर्न UNWOMEN को नेपाल कार्यालय सदा तयार रहेको हुँदा आगामी दिनहरुमा निर्वाचन आयोगको रणनीति तय गर्न र सोको कार्यान्वयनमा पनि UNWOMEN सहकार्य गर्न इच्छुक रहेको जानकारी दिनुभएको छ। 

सो अवसरमा निर्वाचन आयोग नेपाल रUNWOMEN Nepal कार्यालयबीचको सहकार्यमा निर्वाचन र महिला विषयमा एक वृहद अन्तरक्रिया गरी आगामी दिनहरुमा निर्वाचनका सबै प्रकृया र चरणहरुमा महिला सहभागिता वृद्धि गर्नका लागि सुझाव लिइने कुरामा सहमति जनाइएको छ। उक्त भेटघाटमा माननीय निर्वाचन आयुक्त डा। जानकी कुमारी तुलाधर, सहसचिव श्री रमेश ढकाल र उपसचिव डा। थानेश्वर भुसाल तथा UNWOMEN को नेपाल कार्यालयका Program Specialist श्री रचना भट्टराइको सहभागिता रहेको थियो । 

बुधबार, २३ फागुन २०८०, १४ : ०२

प्रतिक्रिया