व्यवस्था जोगाउने जिम्मेवारी पाएकाबाटै व्यवस्थामाथि संकट छ : बाबुराम भट्टराई

बुधबार, २३ फागुन २०८०, १६ : ३७

काठमाडौँ - पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा । बाबुराम भट्टराईले प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै व्यवस्था जोगाउने जिम्मेवारी लिएकाहरुबाटै अहिलेको व्यवस्थामाथि संकट रहेको बताएका छन् ।


बुधवार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा ११४ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विगतमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन क्रान्ती गर्नेहरुबाटै अहिले गणतन्त्रात्मक शासनलाई सक्ने काम भइरहेको बताएका छन्  । संघीय लोकतान्त्रिक गणतन्त्रलाई भर्खर जन्मिएको बालकको रुपमा चित्रण गर्दै उनले प्रधानमन्त्री दाहालले संघीयतालाई सक्ने काम गरिरहेको आरोप लगाएका छन्  ।  


उनले अहिले सरकार बच्चाको खेल जस्तो गरेर बनाउने, गिराउने काम भइरहेको पनि बताएका छन् । उनले कांग्रेस, कम्युनिष्ट, माओवादीहरु सबैको एउटै धर्म भनेको भ्रष्टाचार गर्नु रहेको बताए । उनले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक सांसद नभएसम्म अस्थिरता कायम भइरहेको जिकिर गरेका छन् । उनले आफ्नो पार्टी अरु पार्टी भन्दा उन्नत पार्टी भएकाले अरु पार्टीको पुच्छर नबन्ने दाबी गरेका छन्  । भट्टरईले क्रान्तिको नेतृत्व गरेकाहरु नै सरकारमा रहँदा पनि विकास हुन नसकेको भन्दै उनीहरुको निकम्मापन, भ्रष्टीकरण, परिवारवाद र नांगो प्रकारको राज्यको दोहनले गर्दा जनतामा वितृष्णा उत्पन्न भएको बताएका छन्  । अध्यक्ष भट्टराईले अहिले अस्थिरता सिर्जना गरेर व्यवस्थालाई नै धराशायी बनाउने काम भइरहेको आरोप लगाए छन्  ।
 

बुधबार, २३ फागुन २०८०, १६ : ३७

प्रतिक्रिया