काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलका अध्यक्षसँग छलफल गरेका छन् । देउवाले आफ्नै निवास बूढानीलकण्डमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष डा। सीके राउतसँग छलफल गरेका हुन् । छलफलमा वैकल्पिक गठबन्धनको सन्दर्भमा छलफल भएको कांग्रेस नेताहरूले बताएका छन् ।
प्रतिक्रिया