एकीकृत समाजवादी दुई मन्त्रालय लिएर सरकारमा

बुधबार, २३ फागुन २०८०, १८ : २२

काठमाडौँ -  नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्रीमण्डलमा दुई जना मन्त्री सहभागी हुने भएका छन् । पार्टीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका हुन् ।
जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको  छ । उनीहरुको नाम समेत शपथका लागि राष्ट्रपति कार्यालयमा पुगेको कार्यालयको भनाई छ । यो सँगै नयाँ मन्त्रीमण्डलको संख्या २० पुगेको छ । 
 
 

बुधबार, २३ फागुन २०८०, १८ : २२

प्रतिक्रिया