काठमाडौँ - बेदुराम भुसालले अथतन्त्र संकटपूर्ण अवस्थामा रहेको बताएका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले अर्थतन्त्रको बाह्य सूचकमा सुधार देखिए पनि आन्तरिक सूचकमा समस्या रहेको बताएका हुन्।
उनी सोमबार मात्रै कृषि तथा पशुपन्छी विकासमन्त्रीबाट बहिर्गमित भएका हुन्। आज मुलुकमा अर्थतन्त्र अझै पनि संकटको अवस्थामा छ। अस्तिको दिनसम्म म आफैं सरकारमा थिएँ। प्रधानमन्त्री सँग पटकपटक छलफल गरेका छौं। अर्थतन्त्रका केही केही सूचकांकहरू खास गरी बाह्य सूचकांकहरूमा सुधार देखिएको छ। तर पनि आन्तरिक सूचकांकहरूमा अझै पनि समस्याहरू छन्। यतिबेला हाम्रो अर्थतन्त्रमा देखिएको संकट एउटा गम्भीर चुनौतीको रुपमा छ। यसलाई समाधान गर्नका निम्ति यो सरकार सफल बनोस्’ उनले भने। भुसाल एकीकृत समाजवादीका उपाध्यक्ष समेत हुन्। एकीकृत समाजवादी नवगठित सत्ता समीकरणमा पनि छ। एकीकृत समाजवादीका दुई जना मन्त्री सरकारमा छन्।
प्रतिक्रिया