बाघ गणनाका लागि राखिएका क्यामेरा हराए

६ बर्ष अगाडि

 चितवन राष्ट्रिय निकुञ्ज र पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका स्वचालित ‘ट्रयापिङ क्यामेरा’ हराएका छन् । केही वन्यजन्तुले क्षति पुर्‍याएका छन् । निकुञ्जले गत मंसिर १४ बाट बाघ गणना र उनीहरूको गतिविधि हेर्न विभिन्न क्षेत्रमा क्यामेरा जडान गरेको थियो । 

रौतहटस्थित पौराई जंगलबाट स्थानीय बालकले २ वटा क्यामेरा फेला पारेको र ढुंगाले फुटाउन खोजेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त क्यामेरा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी शान्तिराज कोइरालाको पहलमा वन कार्यालयलाई जिम्मा लगाइएको छ ।

बाघ आवतजावत गर्दा फोटो खिच्न राखिएका क्यामेरा चोरी भएको र केहीमा वन्यजन्तुबाट क्षति पुगेको निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए, कान्तिपुरमा खबर छ  ।

६ बर्ष अगाडि

प्रतिक्रिया