नेपालको खानेपानी समस्या समाधान गर्न योजना बनाएरै काम गर्छु : खानेपानी मन्त्री राजेन्द्रकुमार राई

शनिबार, २६ फागुन २०८०, १४ : ४२


काठमाडौँ - खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमशः समधान गर्दै जाने बताएका छन्। गृह जिल्ला आएका मन्त्री राईलाई नेपाल पत्रकार महासंघ धनकुटा शाखाले आज यहाँ सम्मान गरेको कार्यक्रममा उनले विशेष गरेर नेपालको पहाडी जिल्लामा देखिएको खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्ने बताए। नेपालको खानेपानी समस्या समाधान गर्नका लागि योजना बनाएरै काम गर्छुु, मन्त्री राईले भने । धनकुटाको खानेपानी समस्या समाधानका लागि विशेष पहल गर्ने उनको भनाइ थियो। 


 

शनिबार, २६ फागुन २०८०, १४ : ४२

प्रतिक्रिया